Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना कोषमा प्राधिकरणको १ करोड सहयोग

निशा हुमाँगाई

विहीबार, ०४ बैशाख २०७७, १२ : २३ मा प्रकाशित

काेराेना कोषमा प्राधिकरणको १ करोड सहयोग

अर्थ संसार, काठमाडौं - नेपाल सरकारले स्थापना गरेकाे कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एक कराेड रूपैयाँ बराबरकाे सहयाेग गरेकाे छ । 

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हिजाे कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उक्त सहयोग रकमको चेक  हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी,  प्राधिकरणले कोराेनाको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पुर्याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ ।

त्यस्तै, प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट ५१ लाख ७ हजार रूपैयाँ सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको