Like us!
Follow us!
Connect us!
Watch us!

बन्दाबन्दी उल्लङ्घन गर्नेबाट ७० हजार राजश्व

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०७७, १८ : ३० मा प्रकाशित

बन्दाबन्दी उल्लङ्घन गर्नेबाट  ७० हजार राजश्व

अर्थ संसार,काठमाडौँ -बन्दाबन्दीका बेला अत्यावश्यक काम नभइ घरबाहिर निस्कनेलाई चन्द्रागिरि नगरपालिकाले जरिवाना असुल गर्न थालेको छ ।    

अनावश्यक रुपमा घरबाहिर निस्कनेबाट आम नगरावासी कोरोना भाइरस सङ्क्रमणको जोखिममा पर्ने खतरा रहेकाले अत्यावश्यक काम नभई निस्कनेलाई स्थलगत रुपमा रु १०० जरिवाना गर्न थालिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो ।

आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू गरिएको हो । अत्यावश्यक सामग्री किन्नका लागि भने दिनमा चार घण्टा पसल खोल्ने व्यवस्था नगरपालिकाले गरेको छ ।

यसैगरी अत्यावश्यक सेवाका बाहेक चिया पसल खोलेर मानिसको भीड गराउनेलाई पनि रु एक हजार जरिवाना गराउन थालिएको छ । हालसम्म जरिवानाबाट रु ७० हजार राजश्व जम्मा भएको पनि उहाँले सुनाउनुभयो ।     
     
नगर क्षेत्रबाट काठमाडौँ बाहिर जान लागेका श्रमिक एवं विपन्न वर्गका मानिस पठाउन पनि नगरपालिकाले सहजीकरण गरिरहेको जनाइएको छ ।     
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको