अर्थ संसार, काठमाडौं - आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे २ बजेबाट मन्त्रिपरिषदको बैठक बस्दैछ ।
हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले एक महिनादेखि जारी गरिएकाे लकडाउनका बारेमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आह्वान गरेकाे हाे । लकडाउनको अवधी सोमबार बिहानबाट सकिने हुँदा आज यसबारे निर्णय लिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हिजाे (शनिबार) बसेकाे कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियाे ।उक्त बैठकमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस