Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनको मौकामा चौका हान्ने भाटभटेनीसहित चार पसललाई कारवाही

अर्थ संसार

सोमबार, १५ बैशाख २०७७, २३ : १४ मा प्रकाशित

लकडाउनको मौकामा  चौका  हान्ने भाटभटेनीसहित चार पसललाई कारवाही

अर्थ संसार, काठमाडौं-बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई रु तीन लाख जरिवाना गरिएको छ । खरीद मूल्य प्रतिगोटा रु १२० रहेकामा भाटभटेनीले रु २२० लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको छ । भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो ।

त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई रु एक लाख र जिएन स्टोरलाई रु पचास हजार जरिवाना गरिएको छ ।  ती चार पसललाई आज कारवाही गर्दा रु छ लाख ५० हजार राजश्व संकलन भएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५  बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको