अर्थ संसार, काठमाडौं -कोरोना भाइरसका कारण गत चैत ११ देखि बन्द धितोपत्रको दोस्रो बजार कारोबार बैशाख ३० गतेदेखि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले गत शुक्रबार जारी गरेको विज्ञप्तीमा अनुसार मंगलबार अर्थात बैंशाख ३० गतेदेखि खोल्न निर्देशन दिएसँगै शेयर बजार खोल्न लागेको हो । आजदेखि कार्यालयहरु खुलेका छन् ।
बोर्डले नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रो बजार शेयर कारोबार खोल्ने निर्णय गरेको हो ।
अहिलेका लागि बजार दैनिक दुई घन्टा खुल्नेछ । विहान ११ बजे खुलेका बजार दिउँसो १ बजेसम्म खुल्ला हुनेछ । दिनमा तीन प्रतिशतभन्दा बढी परिवर्तन नहुने गरी शेयर कारोबार गर्ने व्यवस्था मिलाइएको छ ।
तीन प्रतिशतभन्दा तलमाथि गए बजार बन्द गर्नुपर्नेछ । कोरोना भाइरसका कारण शेयरमा खेल्न चाहनेहरुका लागि रोक्न यो व्यवस्था गरिएको हो ।
बोर्डले धितोपत्रको कारोबारसँग सम्बन्धित कार्यालय खोल्दा एक तिहाई कर्मचारीमार्फत आलोपालो गरी खोल्ने भनेको छ । कोरोबारको रकम अनिवार्य रुपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने र साउन १ पछि कारोकार पनि अनिवार्य रुपमा अनलाइन माध्यमबाट गर्नुपर्ने बोर्डले जनाएको छ ।
लगानीकर्तालाई पास चाहिए ब्रोकरको सिफारिसमा एकपटकका लागि पास उपलव्ध गराउने बोर्डले जनाएको छ ।कोरोना भाइरसका कारण लकडाउनको मारमा परेको शेयर बजारले कुन कोड तय गर्ने हो ? आम लगानीकर्तामाझ अहिले उव्झिएको प्रश्न हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस