Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि लकडाउनको बीच शेयर बजार खुल्दै

अर्थ संसार

मंगलबार, ३० बैशाख २०७७, ०० : ०० मा प्रकाशित

आजदेखि लकडाउनको बीच शेयर बजार खुल्दै

अर्थ संसार, काठमाडौं -कोरोना भाइरसका कारण गत चैत ११ देखि बन्द  धितोपत्रको दोस्रो बजार कारोबार बैशाख ३० गते अर्थात आजदेखि खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले केही दिन अघि जारी गरेको विज्ञप्तीमा  अनुसार मंगलबार अर्थात बैंशाख ३० गतेदेखि खोल्न निर्देशन दिएसँगै शेयर बजार खोल्न लागेको हो ।  कार्यालयहरु भने खुलिसकेका छन् ।

बोर्डले नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रो बजार शेयर कारोबार खोल्ने निर्णय गरेको हो ।

अहिलेका लागि बजार दैनिक दुई घन्टा खुल्नेछ । विहान ११ बजे खुलेका बजार दिउँसो १ बजेसम्म खुल्ला हुनेछ । दिनमा तीन प्रतिशतभन्दा बढी परिवर्तन नहुने गरी शेयर कारोबार गर्ने व्यवस्था मिलाइएको छ ।

तीन प्रतिशतभन्दा तलमाथि गए बजार बन्द गर्नुपर्नेछ । कोरोना भाइरसका कारण शेयरमा खेल्न चाहनेहरुका लागि रोक्न यो व्यवस्था गरिएको हो ।

बोर्डले धितोपत्रको कारोबारसँग सम्बन्धित कार्यालय खोल्दा एक तिहाई कर्मचारीमार्फत आलोपालो गरी खोल्ने भनेको छ । कोरोबारको रकम अनिवार्य रुपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने र साउन १ पछि कारोकार पनि अनिवार्य रुपमा अनलाइन माध्यमबाट गर्नुपर्ने बोर्डले जनाएको छ ।

लगानीकर्तालाई पास चाहिए ब्रोकरको सिफारिसमा एकपटकका लागि पास उपलव्ध गराउने बोर्डले जनाएको छ ।कोरोना भाइरसका कारण लकडाउनको मारमा परेको शेयर बजारले कुन कोड तय गर्ने हो रु आम लगानीकर्तामाझ अहिले उव्झिएको प्रश्न हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको