Like us!
Follow us!
Connect us!
Watch us!

डेढ महिनापछि खुलेको शेयर बजार २ घण्टा पनि टिकेन, २ प्रतिशत गिरावटसँगै कारोबार स्थगित

अर्थ संसार

मंगलबार, ३० बैशाख २०७७, १२ : ५१ मा प्रकाशित

डेढ महिनापछि खुलेको शेयर बजार २ घण्टा पनि टिकेन, २ प्रतिशत गिरावटसँगै कारोबार स्थगित

अर्थ संसार, काठमाडौं– कोरोना भाइरसका कारण डेढ महिनापछि खुलेको शेयरपछि २ घण्टा पनि टिकेन ।  नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रो बजार शेयर कारोबार  आजदेखि खुलेको थियो ।

विहान ११ बजेदेखि खुलेको शेयर बजार १२:२५ बजे बन्द भएको छ । शेयर बजार २ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ । अहिलेको असहज परिस्थितिमा शेयर कारोबारका लागि नयाँ नियमहरु बनाइएको छ ।

जस अनुसार समग्र सूचक २ प्रतिशत ले तलमाथि भएपछि त्यस दिनलाई कारोबार रोकिनेछ । यसैगरी, कम्पनीहरुको भाउ पनि ३ प्रतिशत सम्म मात्र तलमाथि गर्न मिल्छ ।

१ घण्टा २५ मिनेट खुलेको बजारमा १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँको कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३९ अंकले घटेको छ । नेप्से २५.३ अंकले घटेको छ ।१० करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको