Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ४५ मिनेटमा बन्द ! बजार बन्द गर्न लगानीकर्ताको माग (भिडियोसहित)

अर्थ संसार

बुधबार, ३१ बैशाख २०७७, १२ : ०० मा प्रकाशित

शेयर बजार ४५ मिनेटमा बन्द ! बजार बन्द गर्न लगानीकर्ताको माग (भिडियोसहित)

अर्थ संसार, काठमाडौं–  शेयर बजार खुलेको १ घण्टा पनि बित्न नपाउँदै शेयर शजार बन्द भएको छ । शेयर बजार मापन गर्ने सूचक २ प्रतिशले घेटेपछि बुधबार बजार खलेको ४५ मिनेटमा बन्द भएको  हो । लकडाउनको बीच खोलिएको शेयर बजार मंगलबार पनि ११ बजे खोलेको शेयर बजार १२:२५ बजे बन्द भएको थियो ।

लकडाउनको बीच खोलिएको शेयर बजार अघिल्लो दिन अर्थात मंगलबार पनि ११ बजे खोलिएको शेयर बजार नकारात्मक सर्किट लाग्दै १२:२५ बजे बन्द भएको थियो ।

२४.५८ अंकले घटेको बजारमा ३६ लाख १३ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।

लगानीकर्ताको चर्काे विरोध

यस्तो परिस्थितिमा शेयर बजार खोलेको भन्दै लगानीकर्ताहरुले सामाजिक सञ्जालमा चर्काे विरोध गरेको छन् । बजार खुलेकै दिन शेयर बजारमा नकारात्मब सर्किट ब्रेक लागेपछि लगानीकर्ताले कसको स्वार्थको लागि खोलेको भन्दै नियामक निकायसँग प्रश्न गरेका छन् ।  कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएको बेलामा शेयर बजार खुलाएर शेयर बजार डुवाउने खेलमा लागेको उनीहरुले आरोप छ । 

लगानीकर्ता विष्णु आचार्य र रिता श्रेष्ठले तत्काल शेयर बजार बन्द गर्न नियामक निकायसँग आग्रह गरेका छन् ।  त्यसै गरी मनोज बुढाथोकी लेख्छन्  एक खाले दलालले देश डुबाए अर्का खाल्का दलालले  शेयर बजार डुबाउने भए । बेलामा चेतना भया । उनीहरु जस्तो धेरै लगानीकर्ताले यस्तो अप्ठ्यारो अवस्थामा शेयर बजार खुल्नु भनेको कुनै समूह लगानीकर्तालाई डुवाउने खेल भएको भन्दै आफू जस्तो सवै लगानीकर्तालाई सचेत हुन आग्रह गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको