Like us!
Follow us!
Connect us!
Watch us!

नियामक निकाय र लगानीकर्ता छलफलमा, बजार बन्द गर्ने संकेत !

अर्थ संसार

विहीबार, ०१ जेठ २०७७, ०९ : ३६ मा प्रकाशित

नियामक निकाय र लगानीकर्ता छलफलमा, बजार बन्द गर्ने संकेत !

अर्थ संसार, काठमाडौं- लकडाउनको बीचमा खोलिएको शेयर बजार ह्वात्तै घटेपछि नियामक निकाय र लगानीकर्ताबीच छलफल चलिरहेको छ ।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र विभिन्न लगानीकर्ता संघको अध्यक्षबीच अहिले छलफल भैरहेको छ ।

यस्तो परिस्थितिमा शेयर खोलेको भन्दै लगानीकर्ताले चर्काे विरोध गरेको थियो । छलफलमा सहभागि एक अधिकारीको अर्थ संसार डट कमलाई भने -'शेयर बजार खुलाउने कि बन्द गर्ने विषयमा कुराकानी भैरहेको छ, अहिले आधिकारी निर्णय भैसकेको छैन्, बन्द गर्ने निर्णय हुन्छ होला ।'

छलफलमा सहभागि भएका लगानीकर्ता शेयर बजार बन्द गर्ने पक्षमा रहेका छन् ।

लक्डाउनका बीच खोलिएको बजार घटेपछि लगानीकर्ता आक्रोसित : सिमित मानिसका स्वार्थको निमित बजार खोलियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको