Like us!
Follow us!
Connect us!
Watch us!

अब पब्लिक लिमिटेड कम्पनीहरुको वार्षिक साधारण सभा कहिले र कसरी  ?

मिलन खड्का

सोमबार, १२ जेठ २०७७, ०८ : ३९ मा प्रकाशित

अब पब्लिक लिमिटेड कम्पनीहरुको वार्षिक साधारण सभा कहिले र कसरी  ?

अर्थ संसार,काठमाडौं -कोरानाको आक्रमण पछि मानिसहरु भेला हुन तथा सभा सम्मेलन गर्न बन्देज लागेको छ । विबाह, ब्रतबन्ध, पुजा, मन्दिर भ्रमण, सभा, सेमिनार सबै रोकिएको छ । यस्तो अवस्थामा अन्य कुराहरुको अतिरिक्त धेरै वटा पब्लिक लिमिटेड कम्पनीका वार्षिक साधारण सभा हुन सकेको छैन ।

पब्लिक लिमिटेड कम्पनीहरु आफनो वार्षिक साधारणसभा सम्पन्न कसरी गर्ने होला भन्ने चिन्तामा छन । यो विषयलाई लिएर कम्पनी रजिष्टारको कार्यालमा गई सोधनी गर्दा ठोस जवाफ आउन सकेको छैन ।

लक डाउनको अवधि अझ लामो समयसम्म कायम रहने संभावना छ । कम्पनी ऐनमा भएको व्यबस्थानुसार प्रत्येक पव्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र बार्षिक साधारणसभा सम्पन्न गरि सक्नु पर्दछ अन्यथा जरिवाना लाग्ने व्यबस्था छ । 

बैंकबाट कर्जा लिएर संचालनमा रहेका कम्पनीले प्रत्येक वर्ष आफनो कम्पनीको बार्षिक साधारणसभा सम्पन्न गरी सो को विवरण बैंकमा तथा कम्पनी रजिष्टारको कार्यालयमा पेश गर्नु पर्दछ । यो कोरोना भाईरसका कारणले यो काम हुन सकेको छैन ।

यस परिप्रेक्षमा नेपाल सरकार कम्पनी रजिष्टारको कार्यालयले कम्पनी ऐनमा संशोधन गर्ने अथवा बचाऊको कुनै व्यबस्था गरि दिनु पर्ने आवश्यकता छ । यसको एउटा विकल्प भनेको कम्पनीहरुले भिडियो कन्फरेन्स अथवा ईमेल मार्फ आफना विचारहरु व्यक्त गरी वार्षिक साधारणसभा सम्पन्न गर्न पाउने व्यबस्था लागू गर्न पो सकिन्छ की ? छिटो र छिटो निकासको अपेक्षा गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको