Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको आईपिओ लकडाउनका कारण रोकियो

अर्थ संसार

सोमबार, १९ जेठ २०७७, ०८ : ५२ मा प्रकाशित

२ कम्पनीको आईपिओ लकडाउनका कारण रोकियो

अर्थ संसार, काठमाडौं- लकडाउनका कारण निश्कासन मिति तय गरेको दुई कम्पनीको साधारणस शेयर (आइपिओ)  रोकिएको छ ।

लिबर्टी इनर्जी कम्पनी र युनाइटेड आईडिआई मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको आईपिओ रोकिएको हो ।

लिबर्टी इनर्जी कम्पनीले २०७६ फागुन २७ गतेदेखि १५ लाख कित्ता आइपिओ लमजुङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निश्कासन गरेको थियो । उक्त आईपिओको निश्कासन बन्द मिति छिटोमा चैत्र ११ र ढिलोमा चैत्र २६ गतेसम्म थियो ।

त्यसैगरी युनाइटेड आईडीआई मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले ४ लाख २० हजार कित्ता आईपिओ स्थानीयका लागि चैत्र १० गतेदेखि निश्कासन गर्ने तयारी गरेको थियो ।

आइपिओ निश्कासन बन्द मिति छिटोमा २०७६ चैत्र २४ गते र ढिलोमा २०७७ बैशाख ९ गतेसम्म तय गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

'लगानीकर्ताको पीडालाई बजेटले देखेन, शेयर बजारप्रति सरकार मूकदर्शक बन्दा हामी मारमा' 

बजेटमाथि लगानीकर्ता रामु खनालेको टिप्पणी : हात्ति आयो हात्ति आयो फुस्स ! 

कोरोनाले थलिएको शेयर बजारलाई बजेटमा विशेष प्याकेजको आवश्यकता थियो, सरकारले देखेन ! 

अप्रत्यक्षरुपमा निजी क्षेत्रबाट नयाँ जलविद्युत आयोजनाहरु निर्माण गर्न बन्देज लगाउने बजेट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको