Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा राष्ट्रिय सुरक्षा प्रणालीलाई सबल बनाउने कुनै कार्यक्रम देखिएन : भीम रावल

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, १३ : ४१ मा प्रकाशित

बजेटमा राष्ट्रिय सुरक्षा प्रणालीलाई सबल बनाउने कुनै कार्यक्रम देखिएन : भीम रावल

अर्थ संसार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले बजेटमा असन्तुष्टि व्यक्त गरेका छन् । सांसद रावलले राष्ट्रिय सुरक्षा प्रणालीको विकास तथा राष्ट्रिय सुरक्षा नीतिका आधारमा सुरक्षा विषयलाई सबल तुल्याउने कुनै पनि कार्यक्रम बजेटमा नआएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले सीमाको सम्बन्धमा बजेटले बेवास्ता गरेको बताए । 


उनले भने, ‘नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका अतिक्रमित भूभागमा सडकलगायत पूर्वाधार निर्माण र स्थानीय जनताका लागि सेवा सुविधाका कार्यक्रम बजेटमा नआउनु विडम्बना नै मान्नुपर्छ ।’

चकलेटको भन्सार घटाउने, तर मलको भन्सार बढाउने यस्तो कार्य पनि समाजवादउन्मुख नीतिको विरुद्धमा भएको उनले बताए । 

राज्यको लोककल्याणकारी भूमिका बढाउने र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने बजेटमा उल्लेख भए पनि बजेट त्यसरी नआएको उनको ठहर थियो । 

कोरोना महामारीका वेला अघि सारिएका कार्यक्रमहरू स्वागतयोग्य भए पनि परीक्षणका लागि जनशक्ति, साधन र स्रोत धेरै जिल्लामा अत्यन्तै कम भएकोमा उनले सरकारको ध्यानाकर्षण गराए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको