Like us!
Follow us!
Connect us!
Watch us!

भोलिबाट न्यूरोडका सपिङ मल पनि खुल्ने

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, २० : १८ मा प्रकाशित

भोलिबाट न्यूरोडका सपिङ मल पनि खुल्ने

अर्थ संसार, काठमाडौं । भोलि अर्थात आइतबारदेखि न्यूरोड क्षेत्रका सपिङ मलहरु खुल्ने भएका छन् । शनिबार काठमाडौं महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा सो क्षेत्रका १७ वटा संघसंस्थाबीच भएको बैठकले यस्तो निर्णय गरेको हो ।


सो अनुसार भोलिदेखि २२ नम्बर वडाभित्र पर्ने पिपुल्स प्लाजा, रञ्जना मल, आरबी क्म्प्लेक्स, काठमाडौं मल, सिटीसी मल लगायतका सपिङ मलहरु खुला हुनेछन् ।  शनिबारको निर्णय अनुसार होलसेल पसलहरु बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र खुद्रा पसलहरु बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुला हुन जनाइएको छ ।


तर, त्यसरी खुला हुने पसलमा आउने ग्राहकले संक्रमण जोखिमको सुरक्षा कायम गर्नुपर्ने, किन्ने वस्तुहरु छुन नपाउने र सामान किन्दै नकिने पनि पसलमा छिर्नेबित्तिकै नाम र सम्पर्क नम्बरको विवरण उल्लेख गर्नुपर्ने निर्णय गरिएको छ । 

सरकारले होलसेल तथा खुप्रा पसल खुला गर्ने निर्णय गरे पनि सपिङ मलहरु भने खोल्न नपाइने भनजेको थियो । यस्तो अवस्थामा वडा नम्बर २२ ले आफ्नो क्षेत्रभित्र रहेका मलहरुलाई खोल्ने अनुमति दिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको