Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैंकले अन्तरिम लाभांश वितरण गर्ने

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, ०८ : ३६ मा प्रकाशित

सेन्चुरी बैंकले अन्तरिम लाभांश वितरण गर्ने


अर्थ संसार, काठमाडौ-सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष ०७५/०७६ कोमुनाफाबाट अन्तरिम लाभांश वितरण गर्ने  भएको छ । बैंकले कोभिड–१९ को महामारीले गर्दा लाभांश वितरण गर्न स्वीकृति पाए पनि वार्षिक साधारणसभा हुन नसकेका कारण अन्तरिम लाभांश वितरण गर्न लागेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाखको ४.७५ प्रतिशतले हुन आउने रकम वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको थियो ।

बैंकले ३९ करोड ९७ लाख ३४ हजार रुपैयाँ वितरण गर्न स्वीकृति पाएकोमा २३ करोड ९८ लाख ४० हजार रुपैयाँ मात्र अर्थात् ३ प्रतिशतमा कर कट्टी गरेर अन्तरिम लाभांश वितरण गर्न लागेको हो ।

०७६ चैत १० गते कायम रहेका सेयरधनीलाई उक्त लाभांश वितरण गरिने बै ंकले जनाएको छ । साथै, बाँकी रहेको नगद लाभांश र बोनस सेयर वार्षिक साधारणसभा भएपश्चात् वितरण गर्ने  बैंकले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको