Like us!
Follow us!
Connect us!
Watch us!

राहत प्याकेज घोषणा गरेर मात्र शेयर बजार खोल्न धितोपत्र बोर्डसँग लगानीकर्ता संघहरुको आग्रह !

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, १६ : ३३ मा प्रकाशित

राहत प्याकेज घोषणा गरेर मात्र शेयर बजार खोल्न धितोपत्र बोर्डसँग लगानीकर्ता संघहरुको आग्रह !

अर्थ संसार, काठमाडौं–शेयर बजार खोल्नु अघि  राहत प्याकेज घोषणा गरेर मात्र शेयर बजार खोल्न लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन् ।

आइतबार नेपाल धितो पत्र बोर्डको कार्यालय जावालाखेलमा भएको छलफलको क्रममा शेयर बजारबाट पीडित लगानीकर्ताहरुलाई उद्दारको लागि राहत प्याकेज घोषणा गरेर मात्र शेयर बजार खोल्न संघहरुले आग्रह गरेका हुन् ।  

धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना र लगानीकर्ता संघहरुको विच शेयर बजार कसरी खोल्ने, कहिलेबाट खोल्ने लगायतको विषयमाथि छलफल भएको थियो ।

'हामीले पेनिक अवस्थामा भएका लगानीकर्ताहरुको लागि राहत प्याकेज घोषणा गरेर मात्र शेयर बजार खोल्नु पर्छ भनेका छौं।' छलफलमा सहभागि नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले arthasansar.com लाई भन्नु भयो-' पुँजी बजारलाई पूर्ण अनलाइन प्रणाली ल्याउनुको साथै बजार खोल्नु पूर्व अथवा एक हप्ता अगाडि नै बोर्डले सूचना जारी गर्न आग्रह गरेका छौं, किन कि लगानीकर्ताले एक हप्ता अगाडि थाहा पाउन सके ब्रोकर लेनदेनको सेटलमेन्ट जस्ता लगायतका  आफ्नो पूर्व तयारी गरेर बजारमा आउन सक्छन् । '

छलफलको क्रममा  शेयरको मूल्य ज्यादै घटिसकेको हुनाले मार्जिन ल्याण्डिडलाई ६५ प्रतिशतबाट ८० प्रतिशत पुर्याउनु पर्ने,बैंकहरुले दिने शेयर धितो कर्जाको ब्याज ९ प्रतिशतमा झारिदिनु पर्ने,  क्यापिटल गेन ट्याक्स नै अन्तिम ट्याक्समा बनाउँनु पर्ने, बोनस शेयरमा लाभांश कर हटाउनु पर्ने लगायतको कार्य तत्काल लागू गर्न लगानीकर्ता संघले धितोपत्र बोर्डसँग माग समेत गरेका छन् ।

पुँजी बजार खुल्ने मिति भने तोकिएको छैन् । छलफल पछि नेपाल धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले लगानीकर्ता संघकाको साथिहरुले अमूल्य सल्लाह र सुझाव दिएका छन्, त्यसै अनुरुप शेयर बजार खुल्ने बताउनुभयो  ।

यो पनि हेर्नुहोला ।

 १० कित्ता दिने प्रावधान व्यावहारिक र राम्रो देखिदैन

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

लक्डाउनका बीच खोलिएको बजार घटेपछि लगानीकर्ता आक्रोसित : सिमित मानिसका स्वार्थको निमित बजार खोलियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको