Like us!
Follow us!
Connect us!
Watch us!

१६ कम्पनीले ४ अर्ब ३० करोडको शेयर निष्कासन गर्दै, हेर्नुहोस कसको कति कित्ता ?

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ११ : १९ मा प्रकाशित

१६ कम्पनीले ४ अर्ब ३० करोडको शेयर निष्कासन गर्दै, हेर्नुहोस कसको कति कित्ता ?

अर्थ संसार, काठमाडौं - विभिन्न क्षेत्रका १६ वटा कम्पनीले ४ अर्ब ३० करोडको साधारण शेयर निष्कासन गर्न लागेका छन् । त्यसका लागि कम्पनीहरुले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

१६ कम्पनीहरुमा १० वटा हाइड्रोपावर कम्पनी रहेका छन् भने बाँकी इमर्जिङ नेपाल, अजोड इन्स्योरेन्स, समाज लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र सीआईबीएल क्यापिटल हुन् । 

सबैभन्दा बढी १ अर्ब ५० करोड मुल्यबराबरको शेयर निष्कासनका लागि  मध्यभोटोकोशी  जलविद्युत आयोजनाले आवदेन दिएको छ । त्यसपछि माउण्टेन इन्जिनियरीङले ३९ करोड ३६ लाख बराबरको शेयर निष्कासन गर्न लागेको छ ।

त्यस्तै ग्रिनलाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख बरारबको शेयर निष्कासनका लागि आवेदन दिएको छ । सानिमा क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रवद्र्धक तोकेको विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्टले २५ करोड र  जनता क्यापिटललाई बिक्री प्रवद्र्धक तोक्दै हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाखको शेयर निष्कासन गर्न लागेको हो ।

अन्यमा, निष्कासन तथा बिक्री प्रवद्र्धकमा ग्लोबल आइएमई क्यापिटल  तोकेको आईएमई ग्रुपअन्तर्गतको चन्द्रागिरी हिल्स्ले १८ करोड ४० लाख मूल्य बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ । 

५ करोड ८० लाख ५८ हजार मूल्य बराबरको ५ लाख ८० हजार  ५ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको शुभम्म पावरलाई बोर्डले अपुग डकुमेण्ट पडठाउन लाएको छ । शुभम्मसँगै  ५ करोड शेयर निष्कासन गर्न लागेको इमर्जिङ नेपाललाई पनि अपुग डकुमेण्टको माग बोर्डले गरको छ ।

त्यस्तै सीईडीबी हाइड्रोपावरले २५ करोड १८ लाख २३ हजार, तेह्रथुम पावर हाउस १२ करोड र अजोड इन्स्योरेन्सले ३ करोडको शेयर निष्कासन गर्न लागेको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, मध्य भोटकोशी र अजोड इन्स्योरेन्सबाट पनि अपुग डकुमेण्टको माग धितोपत्र बोर्डले गरेको छ । मैलुङखोला जल विद्युत आयोजनाको ७३ करोड मूल्य बराबरको सेयर निष्कासनका कम्पनीले पठाएको डकुमेण्टमा जवाफ खोजिएको छ । 

बोर्डले आठ वटा कम्पनीको निष्कासन  प्रकृया अघि बढाउँदै अपुग डकुमेण्टको माग गरेको हो ।अन्य कम्पनीम समाज लघुवित्त वित्तीय संस्थाको र साधना लघुवित्त रहेका छन् । समाजले ८६ लाख र साधनाले ७० करोड मुुल्य बरारबरको सेयर माग निष्कासन माग गरेको हो ।सीबीआईएल क्यापिटलले ३० करोड शेयर निष्कासनका लागि पुनः समिक्षा भइरहेको छ । 

यो पनि पढ्नुहोस्

धितोपत्र बोर्डसँग शेयर लगानीकर्ता दबाब समूहको माग : ब्रोकर कमिशन ०.२०% मा झार्नु पर्ने, खोलेपछि बन्द गर्न नपाइने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको