Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी प्रदेशको  ३४ अर्बको बजेट, हेर्नुहोस पूर्णपाठ

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १८ : २१ मा प्रकाशित

गण्डकी प्रदेशको  ३४ अर्बको बजेट, हेर्नुहोस पूर्णपाठ

 अर्थ संसार, काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेशले चालू आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी बजेट ल्याएको छ । प्रदेशले चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार ९४१।२ प्रतिशत्० र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार ९५७।४० प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको छ । बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ५७ करोड ३७ लाख , रोयल्टीबाट ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार राखिएको छ ।

बाँकी रहेको ९ अर्ब पूर्ति गर्न चालू आर्थिक वर्षमा खर्च भइ बाँकी रहने मौज्दात ७ अर्ब, आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने जनाइएको छ ।

हेर्नुहोस् पूर्णपाठ-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको