Like us!
Follow us!
Connect us!
Watch us!

बागमती प्रदेशले  ल्यायो ५१ अर्बको बजेट, हेर्नुहाेस् पूर्णपाठ

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १९ : ४० मा प्रकाशित

बागमती प्रदेशले  ल्यायो ५१ अर्बको बजेट, हेर्नुहाेस् पूर्णपाठ

अर्थ संसार, काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७(७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सोमबार  बजेट विनियोजन गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षभन्दा झण्डै ४ अर्ब बढी बजेट नयाँ आर्थिक वर्षका लागि ल्याएको छ । अघिल्लो बर्ष यो प्रदेशले ४७ अर्ब ६० करोडको बजेट ल्याएको थियो । 

आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत र  पूँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत विनियोजन गरेको छ । खर्च व्यहोर्ने स्रोतहरुमा कर राजस्वतर्फ २० अर्ब ८३ करोड ७९ लाख,  अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ  ७ अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले आर्थिक वर्षक ०७७-७८ मा  प्रदेशको कुल सरकारी खर्च विनियोजनको तुलनामा ६२।६४  प्रतिशत अर्थात् २९ अर्ब ८२ करोड ८५ लाख  हुने संशोधित अनुमान गरिएको जानकारी दिए । प्रदेश सरकारको चालु आवमा राजस्व परिचालन लक्ष्यका तुलनामा  ६ अर्ब ४१ करोड ५१ लाख न्यून भई १६ अर्ब ३७ करोड ९७ लाख हुने संशोधित अनुमान गरिएको छ जुन लक्ष्यको तुलनामा ७१.८६ प्रतिशत छ ।

मन्त्री ढुंगेलले विकास आयोजना छनोट तथा कार्यक्रम कार्यान्वयनलाई न्यायपूर्ण बनाउँदै प्रादेशिक सन्तुलन कायम गर्नका मानव विकास सूचकाङ्क न्यून भएका स्थानीय तहलाई प्राथमिकता दिइने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको