Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश २ सरकारले ल्यायो साढे ३३ अर्बको बजेट, हेर्नुहाेस् पूर्णपाठ

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १९ : ४८ मा प्रकाशित

प्रदेश २ सरकारले ल्यायो साढे ३३ अर्बको बजेट, हेर्नुहाेस् पूर्णपाठ

अर्थ संसार, काठमाडौं । प्रदेश २ को सरकारले अगामी आर्थिक वर्ष ०७७र७८ को लागि ३३ अर्ब ५६ करोड नौ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।

जसअन्तर्गत चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ५८ हजार अर्थात ४५ दशमलव ९५ प्रतिशत र पुजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ अर्थात ५३ दशमलव ६७ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १६ करोड अर्थात शुन्य दशमलव ४८ प्रतिशत रहेको छ । 


यसअघि चालु आर्थिक वर्षको प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको थियो । 

बजेटमा आन्तरिक आम्दनी श्रोतबाट १२ अर्ब २४ करोड २८, संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान १३ अर्ब ४० करोड ५९ लाख तथा चालु आर्थिक वर्षको खर्च हुन नसक्ने ६ अर्ब ९१ करोड २२ लाख २९ लाख ९२ हजार र अपुग रहेको रकम आन्तरिक ऋण परिचालन गर्ने गरि ३३ अर्ब ५६ करोड ९ लाख ९९ हजारको बजेट प्रस्तुत गरिएको छ ।

यस्तै प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने भएको छ। यसको लागि प्रदेश सरकारले ५५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ। बजेटमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने बजेट छुट्याएको छ। बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिइएको छ।


हेर्नुहोस् पूर्णपाठ-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको