अर्थ संसार, कास्की । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७÷७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नयाँ बजेट रु ३४ अर्ब ८४ करोड, २१ लाख ६० हजार मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ रु तीन अर्ब १६ करोड १० लाख विनियोजन गरिएको छ ।
चालू आवमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट प्रदेश सरकारको रु एक अर्ब ६७ करोड तथा सङ्घीय सरकारबाट ससर्त अनुदान रु ७५ करोड गरी दुई अर्ब ४२ करोड रहेकामा आगामी वर्षमा रु ७४ करोड १० लाख वृद्धि गरिएको हो ।
आगामी आवमा कोभिड–१९ का कारणले रोजगारी गुमाएर विदेशिएका नागरिक स्वदेश फर्किने अनुमानसहित सरकारले देशभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बनाउने तथा उत्पादन वृद्धिका कार्यक्रमलाई बजेटमा समेटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस