Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्यो : अब कस्ता कम्पनीमा लगानी गर्ने ? थाहा पाउनुस गज्जबको काइदा

बुधबार, १६ चैत्र २०७३, ११ : ४६ मा प्रकाशित

सेयर बजार बढ्यो : अब कस्ता कम्पनीमा लगानी गर्ने ?  थाहा पाउनुस गज्जबको काइदा

अर्थ संसार 
काठमाडौँ– सेयर बजार लगातार बढ्न थालेपछि लगानी सुरक्षित हुन्छ कि हुँदैन तथा बजार फेरी घट्यो भने लगानी जोखिममा त पर्दैन भन्ने चिन्ताले सताएको हुन सक्छ । तर ख्याल गरेर ध्यान पुर्याउने हो भने केही समस्या नपर्ने देखिएको छ । 

नेप्से कतिले बढ्यो, कहाँ पुग्यो, कहाँ पुग्ला भन्ने वहियात तथा तर्कविहिन कुरामा हैन, आफुले कस्ता सेयर किन्ने हो वा किनिएको छ त्यसको मूल्य कहाँ पुगेको छ भन्ने कुरा ख्याल गरेर लगानी गर्ने हो भने समस्या नपर्ने र घाटा पर्ने सम्भावना कम हुँदै जाने देखिएको छ । 

 धेरै मूल्य उचालिएका सेयर हैन, मूल्य बढ्न नसकेको राम्रो कम्पनीको सस्तो सेयर खोज्ने सस्तो मूल्यमा किन्ने र पर्याप्त फाईदा नभएसम्म राम्रोसँग समाएर राख्ने तर्फ विशेष ध्यान दिइनु पर्छ । 

 कम्तिमा १० वटा राम्रा कम्पनी छानी पैसा बिकेन्द्रित गरेर लगानी गर्ने तर्फ ध्यान दिनु पर्छ र रु  ४०० देखि रु ७०० सम्मका बाणिज्य बैंकहरु धेरै सुरक्षित भएकाले त्यस्तो सेयरमा लगानी गर्न सकिनेछ । 

अरुको बहकाऊ, हल्ला र अफवाहको पछि लागियो भने समस्या पर्न सकिन्छ र लगानी डुब्ने समस्या पनि नहुने देखिन्छ । कम्पनीहरुको अबस्था र तेस्रो त्रैमासमा हुनसक्ने परिवर्तनको आँकलन, बिश्लेषण गरेर लगानी गर्दा लगानीको उचित प्रतिफल प्राप्त हुन सक्छ । 

यी सामान्य विषयमा मात्रै ध्यान दिन सकियो भने सेयर बजारबाट उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । अन्यथा बुलिस ट्रेन्डमा  अगाडि बढेको सेयर बजार एकदिन वियरिङ ट्रेन्डमा आइपुग्दा लगानी गरिएको रकमले नाफा होइन चुलुम्मै घाटा हुने पक्का छ । यस तर्फ बेलैमा ध्यान दिए समस्या नहुने देखिन्छ । 

यो पनि पढ्नुहोस्

आर्थिक वृद्धि हालसम्मकै उच्च हुने, ६.५ प्रतिशत वृद्धि हुने एडिबीको प्रक्षेपण् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको