Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गरेर बस्नुहोस्, स्वदेशी लघुवित्तको आइपीओ बजारमा आउँदै, यहाँबाट भर्नुहोस्

बुधबार, १६ चैत्र २०७३, १२ : १३ मा प्रकाशित

पैसा जम्मा गरेर बस्नुहोस्, स्वदेशी लघुवित्तको आइपीओ बजारमा आउँदै, यहाँबाट भर्नुहोस्

अर्थ संसार 
काठमाडौं– आफूसँग भएको पैसा सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने स्वदेशी लघुवित्त वित्तीय संस्थाले आइपीओ  खुलाउँदै छ ।

संस्थाले यही चैत २५ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । स्वदेशीले एक सय रुपैयाँका दरले तीन लाख कित्ता आइपीओ (साधारण सेयर) बिक्री गर्न लागेको हो ।

यसमध्ये १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । स्वदेशीले चैत २९ गते आइपीओ बिक्री बन्द गर्नेछ । यो अवधिमा आवश्यकमात्रामा आवेदन नपरेमा चाहिँ बैशाख ८ गतेसम्म भर्न पाइनेछ । 

आइपीओमा एनएमबि क्यापिटल लिमिटेडल

स्वदेशीको आइपीओमा एनएमबि क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । यस आइपीओमा न्यूनतम ५० कित्तादेखि १५ सय कित्तासम्म आवेदन दिन पाइनेछ ।

आवेदन फारम स्वदेशीको केन्द्रीय कार्यालय इटहरी ८ सुनसरी तथा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट भर्न पाइनेछ ।

यहाँबाट पनि भर्न सकिन्छ 

एनएमबि बैंकका सूर्य्विनायक भक्तपुर, काठमाडौंका तीनकुने र सीतापाइला र थैव, ललितपुर शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

उपत्यका बाहिर पनि एनएमबि बैंकको बनेपा, विराटनगर, वीरगन्ज, बिर्तामोड, बुटवल, दैलेख, धनगढी, धरान, नारायणगढ चितवन, नेपालगन्ज, पोखरा, कैलाली, उर्लाबारी, इटहरी, रसुवा र सोलुखुम्बुको सल्लेरी शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ । आस्वाबाट पनि सेयर भर्न सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको