अर्थ संसार, काठमाडौं – नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार बिहानै गण्डकी प्रदेशका थप २४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । याे सँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या ३४८ जना पुगेको छ ।
बाग्लुङका १४ जना, कास्कीका ६ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ जना र स्याङ्जाका २ जना गरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस