Like us!
Follow us!
Connect us!
Watch us!

कसलाई चुनियाे समृद्धि फाइनान्सको शेयर रजिष्ट्रार ?

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, ०७ : ५० मा प्रकाशित

कसलाई चुनियाे समृद्धि फाइनान्सको शेयर रजिष्ट्रार ?

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । संस्थाले असार ७ गते आइतबारबाट लागू बि.ओ.के क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । 

अब उप्रान्त फाइनान्सकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू बि.ओ.के क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5eec1ed731daa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको