Like us!
Follow us!
Connect us!
Watch us!

सगुनको सेयर किन्नुभो ? थपियो तीन दिन आवेदन गर्ने म्याद

बुधबार, १६ चैत्र २०७३, १४ : ३५ मा प्रकाशित

सगुनको सेयर किन्नुभो ? थपियो तीन दिन आवेदन गर्ने म्याद

दिनिता लामिछाने
काठमाडौं–अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको इकमर्स कम्पनी सगुनको सेयरमा आवेदन गर्नभयो ? सगुनले सेयर खरिद गर्न नभ्याएका लगानीकर्ताहरुका लागि तीन दिन समय थपेको छ ।

सगुनले सर्बसाधारणका लागि निस्कासन गरेको मिनी आइपिओमा अमे्रिकाको वासिङ्गटन डिसीको समय अनुसार आगामी मार्च ३० राति १२ बजेसम्म आवेदन गर्न सक्ने छन् ।

यस हिसावले नेपाली समयअनुसार शुक्रबार बिहान पौने दस बजेसम्म सगुनको सेयरमा आवेदन गर्न सकिने छ । त्यतिञ्जेलसम्म सगुनको सेयरमा आवेदन नगरे नेपालीले स्थापना गरेको फरक खालको सामाजिक संजालमा लगानी गर्ने अबसर फेरि पाउने छैनन् । 

सगुनका सहसंस्थापक कविन सिटौलाले नेपाली समयअनुसार सोमबार राति फेसबुकबाट सार्बजनिक सम्बोधन गर्दै विश्वभरका लगानीकर्ताहरुको आग्रहमा मिनी आइपिओको म्याद तीन दिन थपिएको जानकारी दिए ।

सगुनले यसअघि मार्च २७ तारिखमा मिनी आइपिओ निस्कासन बन्द गर्ने घोषणा गरेको थियो । सगुनमा लगानी गर्न चाहनेहरुले अनलाइन फर्म भरेपछि बैंकिङ च्यानलमार्फत वायर ट्रान्सफर गरेर रकम पठाउन अरु ७२ घन्टा (तीन दिन) समय पाउने छन् । 

मिनी आइपिओ निस्कासनमा अहिलेसम्म कम्पनीमा विश्वभरका २ हजार ८ सयभन्दा बढी सर्बसाधारण लगानीकर्ताले लगानी गरेको सिटौलले जानकारी दिए । यति संख्यामा आवेदन आउनु कम्पनीका लागि उत्साहजन भएको उनले बताए । सगुनको आइपिओमा २६ लाख डलर (करिव २६ करोड रुपैयाँ) जम्मा भएको छ ।

अमेरिकाको पूँजी बजारको इतिहासमा ८० बर्षपछि पहिलो पटक सगुनमा सर्बसाधारणले लगानी गर्ने अबसर पाएको सगुनका संस्थापक गोविन्द गिरीले बताए । ‘यस्तो अबसर पहिलो पटक विदेशमा बस्ने नेपालीले पाएका छन्’ उनले भने ।

उनले अमेरिका, मध्यपूर्वका मुलुकहरु, भारत, क्यानाडा, कोरियालगायतका मुलुकबाट धेरै लगानी आएको उनले बताए । मिनी आइपीओ निस्कासन बन्द गरेपछि संस्थागत लगानीकर्ताका लागि आइपिओ निस्कासन गर्ने सहसंस्थापक सिटौलले बताए ।

यसपछिको काम ब्रोकर डिलरले गर्ने छ । त्यतिखेर सर्बसाधारण लगानीकर्ताले लगानी गर्ने अबसर नपाउन सक्छन् । सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर विक्री गर्ने योजना बनाएको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्न सक्छन् ।

सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) बाट अनुमति लिएर मिनी आइपिओ जारी गरेको हो । सगुनले संस्थागत लगानीकर्ताका लागि सेयर निस्कासन गर्न तोकेको ब्रोकर डिलर अमेरिकी आइटी हब सिलिकन भ्यालीमा काम गरेको सय बर्ष इतिहास भएको कम्पनी बुस्टेड सेक्युरिटी एलएलसी हो ।

उनीहरुले चीन, अमेरिका, भारत, न्युयोर्कलगायतमा च्यानल छ । ती च्यानलबाट उसले सगुनको सेयर विक्री गर्ने गिरीले जानकारी दिए । सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी)ले ‘जब्स एक्ट’ अनुसार मिनि आइपीओ निस्कासन गर्ने अनुमति दिएको थियोे ।

मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् । 

गिरीले आगामी ५ बर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दावी गरे । त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुने उनको प्रक्षेपण छ । त्यतिखेर सगुनले बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने उनको विजनेस प्लानले बताउँछ । युजरको संख्या पनि १ करोड नाघ्ने उनले अनुमान गरेका छन् । 

सगुनले यही बर्ष (सन् २०१७ भित्र) सगुन युजरलाई स्मार्ट कार्ड वितरण गर्ने तयारी गरेको गिरीले बताए । उनले अर्को बर्षको पहिलो तीन महिनाभित्रै युजरलाई सगुनले कमाएको रकमको केही हिस्सा बाँड्ने जानकारी दिए । 

सगुनले ३ वटा रेभेन्यु सेयरिङ मोडल बनाएको जनाएको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो । ‘हामी एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालेका एड राख्छौं, उनले भने, ‘हामीले राख्ने विज्ञापन ज्ञानमा आधारित हुनेछ ।’ 

अर्को कुरा सगुनले सोसियल स्मार्ट कार्डले गिफ्ट कार्डलाई रिप्लेस गर्न खोजको छ । जस्तो अमेरिकामा गिफ्ट कार्डमा १ अर्ब डलर खेर जाने गर्छ ।  साथीभाइ वा आफन्तले दिएको गिफ्ट कार्डको रकम प्रयोग नभइ खेर जान्छ ।

सगुनले त्यस्ता कार्डलाई प्रयोगमा ल्याउन खोजेको छ । ग्राहकले पाएको गिफ्ट कार्डलाई सगुनको स्मार्ट कार्डले स्क्यान गरिदिन्छ । त्यसमा कुन भेन्डरको कति मूल्यको कार्ड हो, सगुनको लिस्टमा देखाउँनेछ । मोवाइलमा हुने डिजिटल कार्ड चौबीसै घन्टा ग्राहकंसँग हुनेछ । त्यसलाई जुनसुकै समय रिडिम गर्न सकिन्छ ।

अर्को अमेरिकामा कुपन मार्केट अर्बौैंको छ । जस्तो कुनै स्टोरमा गएर कसैले १ सय डलरको सामान किन्यो भने तुरुन्त २० डलरको कुपन दिन्छ । उसले त्यति रकमको कुपन एक साताभित्रै खरिद गर्दा प्रयोग गर्नु पर्छ ।

अहिले सामान किनेको मान्छे साता दिनभित्रै फेरि किन्न जाँदैन । त्यसो गर्दा कैयौं कुपन खेर जान्छन् । सगुनको स्मार्ट सोसियल कार्डको डिजाइन त्यस्ता कुपनको स्क्यान गर्ने गरी बनाइएको छ । त्यस्तो कुपन परिवारका सदस्यलाई रिडिम गर्न दिन सकिन्छ । 

सेयर किन्न चाहनेहरुले सगुन डटकम÷इन्भेस्टमा त्यहाँ दिइएको फर्म भरेर लगानी गर्न सक्छन् । अमेरिकाबाहिर बसोबास गर्नेहरुले विद्युतीय रकम माध्यमबाट पठाउन सक्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको