Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डको पत्राचार स्विकार्दै नागरिक लगानी कोषले दिने भाे नेप्सेमा आवेदन,कहिले पाउला स्वीकृति ?

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, १८ : ३२ मा प्रकाशित

बोर्डको पत्राचार स्विकार्दै नागरिक लगानी कोषले दिने भाे नेप्सेमा आवेदन,कहिले पाउला स्वीकृति ?

अर्थ संसार, काठमाडौं - नागरिक लगानी कोषले बिहीबार (असार ११ गते) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्टक डिलरको लागि आवेदन दिने भएको छ । नेपाल धितोपत्र बोर्डले स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन कोषलाई पत्राचार गरेसँगै कोषले नेप्सेमा आवेदन दिने भएको हाे ।

उपयुक्त पृष्ठभूमिमा नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन बोर्डले गत साेमबार (असार २ गते) पत्राचार गरेको थियाे ।

नेप्सेमा आवेदन दिनका लागि सबै तयारी सम्पन्न भइसकेकाे नागरिक स्टक डिलरका प्रबन्ध सञ्चालक डा. इन्द्र कुमार कट्टेलले जानकारी दिएका छन् । नेप्सेमा आवेदन दिएकै दिन नेपाल धितोपत्र बोर्ड समेत जाने योजना रहेकाे पनि उनले बताए । लाइसेन्स प्रक्रिया सकिएसँगै बजारमा प्रवेश गर्ने योजना रहेकाे समेत उनले बताएका छन् ।

त्यसैगरी, डिलरले कार्यालय प्रयोजनको लागि बानेश्वरस्थित आफ्नै कार्यालय छेउमा भवनकाे व्यवस्था गरिसकेको पनि कट्टेलले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको