लगानीकर्ता तारा फुल्लेले पुँजी बजारका लागि इनिसेसन लिएका कारणले नेप्से बढेको बताएका छन् । नयाँ सरकार बनेपछि लगातार रुपमा घटेको बजार सरकारकै इनिशेसन पछि नै बढेको उनले बताएका हुन् ।
नयाँ सरकार बनेपछि ३०० भन्दा बढीको गिरावट आएको बजारमा अहिले सरकारले इनिसेसन लिएकाले बजार बढेको देखिएको उनको भनाइ छ । बजार सँधै भरी घट्ने पनि हुँदैन । अहिले सरकारले पनि इनिसेसन लिएकाले बजार केही मात्रामा बढेको हो,’ उनले भने ।
अर्को तर्फ उनले आर्थिक वर्ष सुरु भएको समयमा हरेक वर्ष बजार बढ्ने गरेकाले पनि अहिले बजार बढेको हुन सक्ने उनको भनाइ छ । अहिले बजारका लागि सबै कुरा सकारात्मक नै रहेकाले बजार घट्नु पर्ने कुनै कारण नरहेको उनी बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस