Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्र रिमाल पक्राउ

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, १४ : ४४ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्र रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल  पक्राउ परेका छन । वित्तीय अनियमितता र ऐन उल्लंघनको मुद्दामा फरार रहेका रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७, सिफलबाट सीआईबीले नियन्त्रणमा लिएको हो ।

धितोपत्र र बीमा ऐन अन्तर्गतका कसूरमा उनीमाथि सरकारले मुद्दा चलाएको थियो। दिपक भट्टसहित अन्य व्यक्तिहरू मुछिएको यस प्रकरणमा रिमालको संलग्नता देखिएपछि उनी लामो समयदेखि फरारको सूचीमा थिए । पदबाट निलम्बित अवस्थामै रहेका रिमाललाई पक्राउ लगत्तै जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको