Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्राेपावरकाे साधारण सभाकाे स्थान परिवर्तन, अब कहाँ ?

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, ०६ : ५० मा प्रकाशित

नेशनल हाइड्राेपावरकाे साधारण सभाकाे स्थान परिवर्तन, अब कहाँ ?

अर्थ संसार, काठमाडौं – नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा गर्ने भनिएकाे स्थान परिवर्तन भएकाे छ ।

यसअघि पानस पार्टी प्यालेस, धापासी, काठमाडाैँमा गर्ने भनिएकाेमा उक्त स्थानमा विदेशबाट आएका नेपाली नागरिकहरू राख्नका लागि हाेल्डिङ्ग सेन्टर बनाइएकाले अब सि.एम.डि फुडल्यान्ड, टंगाल, काठमाडाैँमा हुने भएकाे छ ।

कम्पनीकाे जेठ २८ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३औंं वार्षिक साधारण सभा असार २१ गते आइतबार बिहान १० बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको