Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक स्टक डिलरले पेश गर्यो निवेदन, कहिले पाउला लाइसेन्स ?

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, ०९ : ३६ मा प्रकाशित

नागरिक स्टक डिलरले पेश गर्यो निवेदन, कहिले पाउला लाइसेन्स ?

अर्थ संसार, काठमाडौं - नागरिक लगानी कोषले स्टक डिलरको लाइसेन्सको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

नेपाल धितोपत्र बोर्डले स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन कोषलाई पत्राचार गरेसँगै कोषले आवेदन दिएको हाे ।

नागरिक स्टक डिलरका प्रबन्ध सञ्चालक डा. इन्द्र कुमार कट्टेलले हिजाे (बिहीबार) बोर्डमा निवेदन दर्ता गराएकाे जानकारी दिएका छन् । आवेदन दिएसँगै डिलरको तर्फबाट गर्नु पर्ने काम सकिएको उनले बताए ।

यसैगरी, बोर्डले पनि बिहीबार निवेदन प्राप्त भएको पुष्टि गर्दै आवश्यक अध्ययन गरेर जति सक्दो चाँडै स्वीकृति प्रदान गर्ने जनाएकाे छ । 

त्यस्तै, लाइसेन्स प्रक्रिया सकिएसँगै बजारमा प्रवेश गर्ने योजना रहेकाे प्रबन्ध सञ्चालक कट्टेलले बताएका छन् । नागरिक लगानी कोषले स्टक डिलरका लागि छुट्टै सहायक कम्पनी खोलेको हो । डिलरले कार्यालय प्रयोजनको लागि बानेश्वरस्थित आफ्नै कार्यालय छेउमा भवनकाे व्यवस्था गरिसकेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको