Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, असार २१ गतेदेखि साधना लद्युवित्तको आइपिओ बजारमा

अर्थ संसार

शुक्रबार, १२ असार २०७७, १० : १५ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, असार २१ गतेदेखि साधना लद्युवित्तको  आइपिओ बजारमा

अर्थ संसार, काठमाडौं–  साधना लघुवित्त वित्तीय संस्थाले असार २१ गतेदेखि साधारण शेयर (आइपिओ) निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएको छ भने बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणका  लागि विक्री खुला गरेको हो ।

उक्त कम्पनीको आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

 हाल कम्पनीको चुक्तापूँजी १४ करोड ७७ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात् पूँजी  २१ करोड ७७ लाख पुग्नेछ । उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ दशमलव ५९ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको