अर्थ संसार, काठमाडौं– नेपाल धितो पत्र बोर्डले कोभिड-१९ कारण बन्द भएको शेयर बजार अर्काे हप्तादेखि खुल्ने तयारी गरेको छ ।
नियामन निकाय र लगानीकर्ताहरु संघहरु बिच (आज) शुक्रबार नेपाल धितोपत्र बोर्डको कार्यालय जावलाखेल, ललितपुरमा भएको छलफलमा आउने हप्तादेखि शेयर बजार खुल्ने तयारी भैरहेको बोर्डले जनाएको छ।
छलफलमा सहभागि नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलले arthasansar.com लाई भन्नु भयो-'नियामक निकाय र लगानीकर्ता संघहरुको विचमा छलफल हुँदा शेयर बजार अर्को हप्ता खुलाउने कुरा भयो, तर बार र मिति नै भने तोकिएको छैन ।, हामीले अब शेयर बजार खुलाएपछि बन्द गर्न नपाईने माग गरेका छौं ।'
लकडाउनको बीचमा बोर्डले दोस्रो बजारलाई प्राविधिक रुपमा लगानीमैत्री बनाउने कार्य गर्दै आएकोले अब बजार खुलाउने तयारी गरेको हो
नेप्सेको अनलाइन प्रणाली (nots) मा केही सुधार भएको र विधमान अबस्थामा युजरनेम र पासवर्ड प्राप्त गर्ने, तत्कालको लागि नेपाल क्लियरिड: हाउस लि. को कनेन्टेड आइपिएस सेवा वा उपयुक्त विधुतीय माध्यम प्रयोग गर्ने, सिडियस एण्ड क्लियरिड: लिमिटेडले तोकेका क्लियरिड: बैंकहरुको इन्टरनेट बैंकिड: सेवा तथा सिडियस एण्ड क्लियरिड: लिमिटेडको मेरो शेयर सुविधा प्राप्त गरे पश्चात ग्राहकले घरमै बसी अनलाइन मार्फत शेयर खरिद बिक्री गर्नुका साथै शेयर बिक्री पश्चात इलोक्ट्रोनिक माध्यमवाट रकम भुक्त्तानी गर्न र प्राप्त गर्न समस्या रहेको नदेखिएकोले बजार संचालनमा समस्या नहुँने बोर्डको धारण छ ।
यस सम्बन्धमा सम्बन्धित लगानीकर्तालाई सुसूचित गर्ने र अन्य सुधारका काम कारबाहीहरु क्रमश: अगाडि बढाउँदै लैजाने कुरामा लगानीकर्ता संघ, संस्था र समुह बीच एकै मतैक्यता भई नेपाल धितोपत्र वोर्डलाई दोस्रो बजार सन्चालन गर्ने र बोर्डले यस अबधिमा भएँ गरेका प्रगतिहरुलाई जानकारी गराउँदै आगामि हप्ता बजार संचालन गर्न सल्लाह र सुझाव सहित छलफल सकिएको बोर्डले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस