Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको आइपीओले गर्याे रेकर्ड ब्रेक

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, १७ : ५९ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको आइपीओले गर्याे रेकर्ड ब्रेक

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १० गतेदेखि निष्कासन गरेकाे साधारण शेयर (आइपीओ) ले रेकर्ड ब्रेक गरेकाे छ । लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदकबाट आवेदन परेर नयाँ रकर्ड कायम भएकाे हाे ।

आज (आइतबार) साँझ ५ बजेर ३० मिनेट जाँदा सम्ममा ४ लाख १२ हजार ३ सय ३२ जना आवेदकबाट २ अर्ब २९ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ता शेयर खरिदको माग राखी आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । अन्तिम तथ्यांक आउन बाँकी भएकाले यस तथ्यांकमा केही तलमाथि हुने सक्ने पनि बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएकाे छ ।

यसैगरी, सर्वसाधारको लागि निष्कासन गरिएको ४४ लाख ४३ हजार २०० कित्तालाई आधार मान्दा ५.१६ गुणा बढी आवेदन हो । 

लघुवित्तले जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको