अर्थ संसार, काठमाडौं– कोरोना भाइरसका कारण बन्द भएको शेयर बजार आजदेखि खुल्ने भएको छ । आइतबार विहान बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले यस्तो निर्णय पछि खुल्ने भएको हो ।
सोमबार अर्थात आज विहान ११ बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला रहने छ।नेपाल धितोपत्र बोर्डले सर्किट ब्रेकर,मूल्य परिवर्तन सीमा लगायतका अन्य व्यवस्थाहरुमा लकडाउन अघिकै नियम लागू हुने गरी बजार खोल्न निर्देशन दिएकाले सोही अनुसार बजार खोल्न लागिएको नेप्सेले जनाएको छ।
असार १२ गते लगानीकर्ता संघहरु र शेयर बजारका नियामक निकायसँग बीच छलफल भएको थियो । छलफलमा लगानीकर्ताले छिटो भन्दा छिटो शेयर बजार खुलाउनु पर्ने र शेयर बजार खुलेपछि बन्द गर्न नपाईने माग राख्दै आएका छन् । बोर्डले पनि बजार खुलेपछि बन्द नगर्ने बचत लगानीकर्ता संघहरुलाई दिएको छ ।
कोरोनाभाइरसका चैत ११ गते देखि बजार बन्द भएको थियो । त्यसपछि बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार संयन्त्रमा परिवर्तन गरेर बैंशाख ३१ र ३१ गते बजार खुलेको थियो । लकडाउनका विचमा खुलेको बजार उच्च अंकले घटेपछि लगानीकर्ताको चर्को विरोधपछि पुन बजार बन्द भएको थियो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस