अर्थ संसार, काठमाडौं- मुक्तिनाथ क्यापिटलले शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।
क्यापिटलमा डिम्याट खाता भएका सम्पूर्ण हितग्राहीहरुले आर्थिक वर्ष २०७६/०७७ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नु पर्ने व्यवस्था अनुसार २०७७ असार मसान्तभित्र उक्त शुल्क मुक्तिनाथ क्यापिटल लिमिटेड, काठमाण्डौं स्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंक लि. र लुम्बिनी विकास बैंक लिमिटेडको आफ्नो पायक पर्ने नजिकको शाखा कार्यालयबाट शुल्क तिर्न आग्रह गरेको हो ।
मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नु पर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस