अर्थ संसार, काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा गर्ने भनिएकाे स्थान परिवर्तन भएकाे छ ।
यसअघि हाेटेल टाइमलेस माेमेण्ट, बिर्तामाेड, झापामा गर्ने भनिएकाेमा उक्त स्थानमा हाल काेराेना भाइरसबाट सुरक्षीत रहेर सभाहल सञ्चालन गर्न पर्याप्त स्थान अपुग हुने भएकाले अब सिटि पार्टी प्यालेस, बिर्तामाेड- ४ झापामा हुने भएकाे हाे ।
संस्थाकाे असार ३ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले विशेष साधारण सभा आह्वान गरेकाे हाे । सभामा नागबेली लघुवित्तलाई मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस