Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट खत्तम, अब घरमै डीपीको सबै सुविधा

निशा हुमाँगाई

विहीबार, १८ असार २०७७, ०६ : ३२ मा प्रकाशित

ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट खत्तम, अब घरमै डीपीको सबै सुविधा

अर्थ संसार, काठमाडौं – काेराेना भाइरसकाे महामारीबाट सिर्जित लकडाउनका कारण हाल प्राय सबै कार्यलयका कामहरू पनि घरमै बसेर सम्पन्न भइरहेका छन् । यस अवस्थामा नेपालमा पनि विभिन्न क्षेत्रहरू टेक्नोलोजीमैत्री बन्दै गएको छ ।

यही कुरालाई मध्यनजर गर्दै शेयर काराेबारका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले पनि अनलाइन प्रणालीलाई प्राथमिकतामा राखेका छन् ।  नियामक निकायहरूले विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखी शेयर बजारमा म्यानुअल वर्कलाई हटाउँदै डिजिटाइजेसनमा जाने नीति अबलम्बन गरेका छन् ।

नियामक निकायहरूका यस्ता कुरालाई ध्यानमा राखेर विगत २० वर्षदेखि शेयर बजारमा आधारित सफ्टवेयरहरु निर्माण गर्दै आएको क्यापिटल मार्केट टेक्नोलोजिजले डिपोजिटरी पार्टिसिपेन्ट (डिपी) हरुका लागि डिपी ब्याक अफिस निर्माण गरेको छ । 

उपयुक्त सफ्टवेयर नभएका कारण डीपीहरुमा म्यानुअल वर्क धेरै रहेकाे र यसले गर्दा डाटा म्यानेजमेन्ट र ग्राहक सूचना व्यवस्थापनमा धेरै किसिमका समस्याहरु देखिएका कारण यस्ताे सुविधा ल्याइएकाे कम्पनीले बताएकाे छ । यसका साथै, निर्माणको केही महिनाकै अन्तरालमा करिब २० डिपीहरुले यो सफ्टवेयर प्रयोग गरिरहेका पनि कम्पनीले जानकारी दिएकाे छ ।

कोरोना पश्चात सामाजिक दुरी कायम गर्दै काम गर्नुपर्ने अवस्थामा खाता खोल्न, नवीकरण तथा डीपी सम्बन्धी अन्य काम गर्न डिपी अफिसहरुमा व्यक्ति आफै जानुपर्ने भएकाले हालकाे विषम परिस्थितीमा डिजिटाइजेसनको महत्तव बढ्दै गएकाे बताइएकाे छ ।

यस्तै, डीपी ब्याक अफिसमा ग्राहकले घरमै बसीबसी खाता खोल्न सक्ने,  नवीकरण गर्ने, नवीकरण शुल्क पनि अनलाइन पेमेन्ट गर्ने, कस्टोमाइज रिर्पोटहरु जेनेरेट गर्ने, खाताको म्याद सकिएका ग्राहकहरुलाई खाता र अन्य सेवाहरुको नवीकरणका लागि एसएमएस अलर्ट पठाउन सकिने, आयव्यय विवरणको रिपोर्टहरु बनाउने लगायतका विभिन्न सुविधाहरु उपलब्ध छन् । यो सफ्टवेयर प्रयोग गरेपछि डीपीका सबै काम विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको