Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सको साधारण सभा आज हुँदै

अर्थ संसार

विहीबार, १८ असार २०७७, ०७ : २६ मा प्रकाशित

बेष्ट फाइनान्सको साधारण सभा आज हुँदै

अर्थ संसार, काठमाडौं – बेष्ट फाइनान्स लिमिटेडकाे २३औं वार्षिक साधारण सभा आज (असार १८ गते, बिहीबार) हुँदैछ ।

फाइनान्सकाे जेठ २७ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा संस्थाकाे केन्द्रीय कार्यालय, कमलादी, काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

साधारण सभाकाे लागि फाइनान्सले असार ३ गते एक दिनका लागि शेयर नामसारी दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको