Like us!
Follow us!
Connect us!
Watch us!

छुटाउनु होला प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद भर्न ? अब मात्र २ दिन बाँकी

निशा हुमाँगाई

विहीबार, १८ असार २०७७, ०८ : ४६ मा प्रकाशित

छुटाउनु होला प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद भर्न ? अब मात्र २ दिन बाँकी

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर खुल्ला भइरहेको छ । उक्त हकप्रद भर्न अब दुई दिन मात्र बाँकी छ । 

कम्पनीकाे १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर असार ७ गते आइतबारबाट खुल्ला भएको थियाे । साे हकप्रद शेयरमा लगानीकर्ताले १० बराबर ६ (१०:६) को अनुपातमा भाेलि अर्थात (असार १९ गते, शुक्रबार) सम्म मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले माघ २७ गते, साेमबार शेयरधनी दर्ता किताब बन्द गरेकाे थियाे । तसर्थ, माघ २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको