Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लद्युवित्तको आइपिओ बाँडफाँड सोमबार गर्ने तयारी

अर्थ संसार

विहीबार, १८ असार २०७७, १० : ४७ मा प्रकाशित

एनआईसी  एशिया लद्युवित्तको आइपिओ बाँडफाँड सोमबार गर्ने तयारी

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया लद्युवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) सोमबार बाँडफाँड गर्ने तयारी भैरहेको छ । आइपिओ बिक्री प्रबन्धक सानीमा क्यापिटलले (बिहीबार) आज ’प्रि अलोटमेन्ट’  गर्दैछ । ’प्रि अलोटमेन्ट’  पछि आजै बाँडफाँडको स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा बिक्री प्रबन्धक क्यापिटलले निवेदन दिनेछ ।

’प्रि अलोटमेन्ट’ गरेको तीन दिनमा शेयर बाँडफाँड हुने गरेकोले सो अनुसार सोमबार बाँडफाँडमा हुनेछ । १० कित्ता अनिवार्य बनाएसँगै योग्य सवै लगानीकर्ताले  १० कित्ता शेयर पाउने छन् भने केहिले गोलाप्रथाबाट २० कित्ता शेयर पाउने छन् ।

एनआईसी एशिया लद्युवित्तको आइपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ५.१९ गुणा बढी हो ।

कम्पनीले असार १० गतेदेखि  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो  । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको