Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ८० अंकले घटेपछि लगानीकर्ता नेप्सेमाथि आक्रोस (भिडियोसहित)

अर्थ संसार

विहीबार, १८ असार २०७७, २० : ४१ मा प्रकाशित

शेयर बजार ८० अंकले घटेपछि लगानीकर्ता नेप्सेमाथि आक्रोस (भिडियोसहित)

अर्थ संसार, काठमाडौं- लकडाउन पछि खुलेको शेयर बजारमा आएको उछाला धेरै दिन नटिकेपछि लगानीकर्ताहरु नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) माथि खनिएका छन् ।

खुलेको दुई दिन शेयर बजारमा बारम्बार सकारात्मक सर्टिक लागेपनि बिहीबार भने बारम्बार नकारात्मक सर्टिक लागेर बजार बन्द भएको थियो ।बजारमा सोच भन्दा धेरै उतारचढाव आएपछि लगानीकर्ताले नियामक निकाय नेप्सेमाथि खनिएका छन् ।

शेयर बजार घटेपछि नेप्सेको हाकिमलाई प्रश्न, लगानीकर्तामाथि आरोप होइन,अनलाइन सिस्टममा सुधार गर्नुहोस्

लकडाउनपछिको शेयर बजारलाई हेर्दा नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बजारमा विश्वास कायम गर्न नसकेको  लगानीकर्ता दवाब समूहका महासचिव नयन बास्तोलाले आरोप लगाए । देशमा प्रधानमन्त्रीको राजिनामा माग लगायतको कारणले पनि शेयर बजारमा लगानीकर्ताले आफ्नो शेयर बेचर बजारबाट भाग्न खोजेको बताए ।

त्यसै गरी शेयर बजार विश्लेषक कमल पन्थीले शेयर बजारमा कहिले बढ्नु र घट्नु एक प्रकारको नियमित प्रकृया भएको बताउँदै शेयर बजारप्रति लगानीकर्तालाई उच्च मनोवल राख्न आग्रह गरेका छन् । नेप्सेका हाकिम गफ मात्रै गर्ने काम नगर्ने, अनि लगानीकर्तालाई अनलाइन प्रणाली चलाउन आउँदैन भनेर भन्दै हिड्नाले लगानीकर्ताको मनबल शेयर बजारप्रति दिनप्रतिदिन घट्दै गएको विश्लेषक पन्थीले बताए ।

त्यसै गरी विश्लेषक नरेन्द्र चुदालीले शेयर बजारमा लगानीकर्ताले सोचभन्दा धेरै उचारचढाव आएको बताए । लगानीकर्ताले विवेकपूर्ण ढंग र तथ्यगत तवरले लगानीगर्दा शेयर बजारमा हुने जोमि कम गर्न सकिने विश्लेषक चुदालीले बताए ।

अर्जुन क्षेत्रीको भविष्यवाणी: २०९० साल भित्र नेपाल एसिया कै नमुना देश बन्छ, शेयरबजार भने..

लक्डाउनका बीच खोलिएको बजार घटेपछि लगानीकर्ता आक्रोसित : सिमित मानिसका स्वार्थको निमित बजार खोलियो

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको