Like us!
Follow us!
Connect us!
Watch us!

अब आइपिओ भर्न नागरिकताको प्रतिलिपी र फोटो नचाहिने

शुक्रबार, १८ चैत्र २०७३, १० : २५ मा प्रकाशित

अब आइपिओ भर्न नागरिकताको प्रतिलिपी र फोटो नचाहिने

अर्थ संसार
काठमाडौं–धितोपत्र बोर्डले सेयरको सार्बजनिक निस्कासन (आइपिओ) को फर्म भर्दा नागरिकताको प्रतिलिपी र फोटो पेस गर्नु नपर्ने ब्यवस्था गरेको छ । उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाले भने दुवै कुरा पेस गर्नु पर्ने छ ।

सेयर निस्कासन गर्दा डिम्याट खाता अनिवार्य रुपमा दरखास्त फारममा उल्लेख गर्नुपर्ने भएकाले डिम्याट खाता खोल्दा अनिवार्य रुपमा नागरिकताको प्रतिलिपि तथा फोटो पेश गर्नुपर्ने व्यवस्था भएकाले आवेदकको सम्पूर्ण विवरण डिम्याट खाताबाटैरुजु गर्न सकिने भएकाले नागरिकताको प्रतिलिपि तथा फोटो पेश गर्नु नपर्ने व्यवस्था गरेको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले यसै अनुसार आवेदन बुझ्ने व्यवस्था गर्न सम्पूर्ण निष्काशन तथा बिक्री प्रवन्धकलाई परिपत्र गरेको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको