Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरले मंगलबारबाट बोनस बाँड्ने,  लिन ट्रेड टावर थापाथली जानुहोस्

शुक्रबार, १८ चैत्र २०७३, १९ : ०५ मा प्रकाशित

रिडी हाइड्रोपावरले मंगलबारबाट बोनस बाँड्ने,  लिन ट्रेड टावर थापाथली जानुहोस्


अर्थ संसार 
काठमाडौं– आफ्नो लगानीकर्ताहरुलाई रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले मंगलबार (२२ गते) देखि सेयर प्रमाणपत्र बाँड्ने भएको छ । कम्पनीको अनुसार  गत आर्थिक बर्षको कमाईबाट आफ्नो लगानीकर्तालाई प्रदान गरेको ६ प्रतिशत बोनस सेयर प्रमाणपत्र बाँड्न लागेको हो ।

ट्रेड टावर थापाथलीबाट लिने 
लगानीकर्ताहरुले रिडिले कम्पनीको कार्यालय पाँचौं तल्ला ट्रेड टावर थापाथलीबाट सेयर प्रमाणपत्र बाँड्ने भएको छ  ।

आफैं उपस्थित भई सेयर संकलन गर्न नसक्ने सेयरधनीले मञ्जुरिनामा र दुबै व्यक्तीको परिचयपत्रको प्रतिलिपि सहित उपस्थित हुन कम्पनीले सूचित गरेको छ । सेयर प्रमाणपत्र डिम्याट गराईसकेका लगानीकर्तालाई भने खातामा नै सिधै बोनस पठाईसकेको कम्पनीले जनाएको छ । 

संस्थापक तथा कर्मचारीको सेयर फुकुवा 
अब संस्थापक तथा कर्मचारिहरुले आफुसँग भएको कम्पनीको धितोपत्र बजारमा सेयर किनबेच गर्न सक्नेछन् । कम्पनीको संस्थापक तथा कर्मचारिको सेयर समेत निष्काशन भएको तीन बर्ष पुगेकोले सेयर फुकुवा गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको