अर्थ संसार, काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७ करोड ६३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २७ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियाे । विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण कम्पनीको व्यावार घटेकाले नोक्सानी व्यहोर्नु परेकाे हाे ।
त्यस्तै, ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीकाे जगेडा कोषमा भने १ अर्ब ९३ करोड ८ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी ५ सय ९१ रुपैयाँ (वार्षिक) रहेकाे छ भने प्रतिशेयर नेटवर्थ हजार १९७ रूपैयाँ रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस