अर्थ संसार, काठमाडौं – तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा होटलले २५ करोड ७८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २७ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा होटलले ३५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेकाे थियाे । विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण पर्यटकको आगमनमा कमि आएकाले नाफा घटेकाे हाे ।
यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा होटलले ८५ करोड ८८ लाख रूपैयाँ बराबरकाे कुल बिक्री गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा होटलले १ अर्ब ४ करोड रूपैयाँ बराबरकाे कुल बिक्री गरेकाे थियाे ।
त्यस्तै, १ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेकाे होटलकाे जगेडा कोषमा भने ५५ करोड ५६ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, होटलकाे प्रतिशेयर आम्दानी १९ रुपैयाँ २६ पैसा रहेकाे छ भने प्रतिशेयर नेटवर्थ १३४ रूपैयाँ १२ पैसा रहेकाे छ ।
होटलले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस