अर्थ संसार, काठमाडौं – अब कर तिर्नका लागि राजस्व कार्यालय जानु नपर्ने भएकाे छ । साना करदाता अर्थात २० लाख रूपैयाँसम्म कारोबार गर्ने करदाताले बैंकमार्फत कर भुक्तानी गर्दा आय विवरण पनि बुझाउन सक्ने व्यवस्थाको शुभारम्भ गरिएकाे छ ।
बिहीबार आन्तरिक राजस्व विभागले गरेको भर्चुअल कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले साना करदाताको आय विवरण र कर भुक्तानीसम्बन्धी विद्युतीय प्रणालीको शुभारम्भ गरेका हुन् ।
करदाताले बैंकमा भौचरसँगै आफ्नो आय विवरण पेश गरेर कर तिर्न सक्नेछन् । कर प्रणाली बैंकिङ्ग प्रणालीसँग जोडिएकाले अब करदाताहरू पटक पटक राजस्व विभाग जानु पर्ने झन्झटबाट मुक्त भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस