अर्थ संसार, काठमाडौं - चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आज (साउन २ गते, शुक्रबार) सार्वजनिक हुँदैछ । गभर्नर महाप्रसाद अधिकारीले ल्याउन लागेको पहिलो मौद्रिक नीति अहिले बिहान राष्ट्र बैंककाे सञ्चालक समितिले पारित गरेपश्चात आज दिउँसो सार्वजनिक गरिनेछ ।
हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसका कारण प्रभाव परेकाे अर्थतन्त्रलाई उकास्न याे वर्षकाे मौद्रिक नीतिले गहन भुमिका निर्वाह गर्दछ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गरेर मौद्रिक नीति तर्जुमा गरिएको राष्ट्र बैंकले जनाएकाे छ ।
यसैगरी, मौद्रिक नीतिमा उद्यमी व्यवसायीहरूको कर्जाको पुनसंरचना, पुनः तालिकीकरण तथा पुँजीकरण गर्ने प्रावधान समावेश गरिएको बताइएकाे छ । यस वर्षकाे मौद्रिक नीतिमा साना, घरेलु तथा लघु कर्जा, सहज ऋण उपलब्धता, कम दरमा व्याज, पुनर्कर्जा सुविधा, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राखिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस