Like us!
Follow us!
Connect us!
Watch us!

२७ करोड भ्रष्टाचारमा नलसिंहगाड आयोजनाका कार्यकारी निर्देशकसहित ६ जना विरुद्ध मुद्दा

आइतबार, २० चैत्र २०७३, १७ : ४० मा प्रकाशित

२७ करोड भ्रष्टाचारमा नलसिंहगाड आयोजनाका कार्यकारी निर्देशकसहित ६ जना विरुद्ध मुद्दा

अर्थ संसार

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जना विरुद्ध रु २७ करोड करोड २४ लाख ५४ हजार ३५१ भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनौटको क्रममा राज्यलाई नोक्सान पु¥याउने गरी परामर्शदाता छनौट गरेको पाइएकाले मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

आयोजनाको परामर्शदाता छनौटको क्रममा स्मेक जेभीलाई दिनुपर्ने १.५६७ भन्दा घटी अंक प्रदान गरी सबैभन्दा घटी रकमको प्रस्ताव पेश गर्ने एएफसी जेभीको प्राविधिक र आर्थिक प्रस्तावको संयुक्त मूल्यांकनमा सबैभन्दा बढी अंक ८२.८३३ प्रदान गरी जानीजानीकन कम अंक प्रदान गरेको देखिएको छ ।

कार्यक्षमताअन्तर्गत स्मेकको हकमा विस्तृत निर्माण नमुना आवश्यक पर्ने भनी शर्त राखिएको भएपनि त्यसैलाई आधार मानेर मूल्यांकन गर्ने, मूल्यांकनकर्ताले दिएको अंकलाई सम्झौताका क्रममा बढाएको तथा प्रस्तावसँग पेश भएको कतिपय अनुभवका विषयलाई एक पक्षको मात्रै फाइदा हेरी अर्को पक्षलाई प्रतिस्पर्धामा पछाडि पारेको अध्ययनको क्रममा फेला परेको छ ।

गैरकानुनी रुपमा नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिलाई हानी नोक्सानी पु¥याउने बदनियत राखी एएफसीजेभीले भन्दा रु २७ करोड २४ लाख ५४ हजार ३५१ बढी कबोल गर्ने स्मेकजेभीलाई मूल्यांकनमा सबैभन्दा बढी अंक ८१.९९४ दिइ मूल्यांकन गराई आयोजनालाई क्षेत िपु¥याएको देखिएको आयोगले जनाएको छ ।

आयोजनालाई क्षति पु¥याउने उद्देश्यले भ्रष्टाचार कसुरको उद्योगमा आयोजनाका कार्यकारी निर्देशक कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाई, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका कानुन अधिकृत राजेशकुमार थापा र स्मेकका नेपाली प्रतिनिधि उदीपलाल श्रेष्ठको संलग्नता देखिएको आयोगको ठहर छ ।

आयोगले बिगो असुल गरी आरोपीमाथि एक वर्ष कैद सजायको माग दावी गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको