Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको साधारणसभा आज, के-के छन् एजेण्डा ?

अर्थ संसार

विहीबार, २८ फागुन २०८२, ०८ : १२ मा प्रकाशित

ज्योति विकास बैंकको साधारणसभा आज, के-के छन् एजेण्डा ?

ज्योति विकास बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकको १८ औँ  वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुँदैछ ।

बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ ।

साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको गत आवको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने छ । त्यस्तै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ । साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १४ गते एक दिनका लागि बूक क्लोज (सेयर दाखिल खारेज) गरिसकेको छ । बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको