Like us!
Follow us!
Connect us!
Watch us!

श्रावण महिनामा किन बस्ने भगवान शिवको ब्रत ? यस्तो रहेछ वास्तविकता​ !

निशा हुमाँगाई

सोमबार, ०५ साउन २०७७, ०६ : १२ मा प्रकाशित

श्रावण महिनामा किन बस्ने भगवान शिवको ब्रत ? यस्तो रहेछ वास्तविकता​ !

अर्थ संसार, काठमाडौं - हिन्दु धर्मावलम्बीहरूकाे अरू धर्मावलम्बीहरूकाे भन्दा धेरै आस्थाका धराेहरहरू रहेकाे पाइन्छ । हिन्दु धर्मावलम्बीहरूले भगवान शिवकाे शक्तिलाई विशेष रूपमा लिने गर्दछन् । हरेक वर्ष श्रावणकाे साेमबार ब्रत बसेर शिवकाे पुजा आराधना गर्ने चलनले पनि हिन्दु धर्मावलम्बीहरूका लागि ठुलाे महत्व बाेकेकाे छ । श्रावण महिनालाई भगवान शिवकाे प्रिय महिनाकाे रूपमा चिनिन्छ ।

के छ महत्व ?

धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार श्रावण महिनालाई एकदमै पवित्र महिनाकाे रूपमा मानिन्छ । श्रावण महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले श्रावण महिनामा शिव भगवानकाे पुजा आराधना गरिन्छ ।  श्रावण महिनाकाे साेमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानकाे पुजा गर्नाले मनाेकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नाे श्रीमानकाे सुस्वास्थ्य र दीर्घायुकाे कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयाेग्य वरकाे कामना गरी ब्रत बस्ने गर्दछन् ।

कहिलेदेखि सुरू भयाे ब्रत बस्ने चलन ?

श्रावण महिनामा सेमबारकाे दिन ब्रत बस्ने चलन शिव र पार्वतीकाे सम्बन्ध रहेसँगै सुरू भएकाे ग्रन्थहरूमा उल्लेख गरिएकाे छ । श्रावण महिनालाई धार्मिक दृष्टिकाेणले पनि उत्तम र पवित्र मानिन्छ ।

किन लगाइन्छ राताे, हरियाे र पहेँलाे ?

भगवान शिवलाई हरियाे, राताे र पहेँलाे रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाकाे सुरूवात भएसँगै महिलाहरूले हरियाे रङ्गका वस्त्र र चुरा पाेतेहरू लगाउने गर्दछन् । हरियाे रङ्गलाइ साैभाग्यकाे रङ्ग पनि भनिन्छ । श्रावण महिना हरियालीकाे महिना र प्रकृतिसँग आफुलाई जाेड्ने महिना रहेकाले हरियाे रङ्गका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिकाे साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेकाे छ ।

ब्रत बस्दा के गर्ने के नगर्ने ?

- बिहान छिट्टै उठ्ने,

- शुद्ध वस्त्र लगाउने, (काले वस्त्र कहिल्यै नलगाउने)

- एकछाक मात्र भाेजन गर्ने,

- पुजाकाे थाली तयार गर्दा चामल, बेसार, मेहेन्दी, अबिर, सिन्दुर, कपुर, धुपबत्ती, धतुराेकाे पुष्प, मह, काँचाे दुध, भष्म (खरानी), गंगाजल, बेलपत्र, अष्टगन्ध, चन्दन आदि समावेश गर्ने,

- भगवान शिवलाई राताे फुल नचढाउने, (निलाे र सेताे फुल भगवान शिवकाे प्रिय फुल हाे)

- शुद्ध आसनमा बसी शिव भगवानकाे ध्यान गर्ने, पाठ पढ्ने र हातमा अक्षता र फुलपाती लिएर सङ्कल्प गर्ने,

- तामाकाे थालिमा बेलपत्र राखेर त्यसमाथी शिवलिङ्ग स्थापना गर्ने,

- शिवलिङ्ग स्थापना गर्दा घरभित्र नभएर घरकाे आँगनमा स्थापना गर्ने यदि घरमा सम्भव नभए शिवकाे मन्दिर जाने ।

के खाने के नखाने ?

खान हुने = आलु, दही, फलफुल, फलफुलको जूस, दुधमा बदाम भिजाएर, कागती पानी, शुद्ध दुधमा पकाएकाे साबुदाना

खान नहुने = मुसुराेकाे दाल, भ्यान्टा/बैगुन, लसुन/प्याज, च्याउ, अण्डा, माछा-मासु

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको